के भन्छिन् बिश्व उपबिजेता बनेकी नेपाली चेली मिरा राई ?


 


mira rai sammanबार्सिलोना, असोज ५

भोजपुरको जिल्लाको सानो गाउँ त्यहाँ डाडामा मेरो घर छ। त्यही ,उकाली ओराली गरे। जीवनमा अल्ट्रा नै दौडेर यहाँ सम्म आईपुग्छु भन्ने सोचेकी थिईन्। तर मनमा कहिँले काहिँ यो सोच आउँथ्यो जे गर्न पनि सक्षम छु।

सोमबार बार्सिलोनामा आयोजित सम्मान कार्यक्रममा अल्ट्रा पिरिनेउ म्याराथनमा महिला तर्फ बिश्व उपबिजेता बनेकी नेपाली चेली मिरा राईले यसरी आफ्ना अनुभवहरु सुनाईन्। “सेना समायोजनका क्रममा अयोग्य भने पछि दु:ख त लाग्यो तर निराश बनिन।

सिन्धुली गएर अध्ययन गरे, घर परिबारलाई सहयोग गर्न थाले।” मिराले भाबुक हुँदै नेपाली समुदाय माँझ आफ्ना कुराहरु राख्दै भनिन्,”मलेसिया जाने भिसा पनि लागेको थियो तर कराते गुरु धुब्र बिक्रम मल्लको बचनले जीवनमा परिबर्तन आयो।”

करातेमा ब्लाक बेल्ट लिई सकेकी राईले गुरुकै सुझावमा अल्ट्रा दौड तिर यात्रा शुरु गरेको बताउँदै आएकी छिन्। अल्ट्रा दौड शुरुवात गर्दा धेरै मेहेनत पनि गरे ,दिनहुँ चना खानु पर्थ्यो त्यसका लागि पैसा पनि हुँदैन्थ्यो, दु:खका पलहरुलाई यसरी सम्झिन्।

बार्सिलोना बागामा शनिबार सम्पन्न अल्ट्रा पिरिनेउ म्याराथनमा महिला तर्फ बिश्व उपबिजेता बनेकी नेपाली चेली मिरा राईलाई स्पेन स्थित नेपाली समुदायले सम्मान गरेको हो। नेपाली जनप्रगतीशिल मञ्च स्पेनको पहलमा भएको सम्मान कार्यक्रममा स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुको उल्लेखेनिय सहभागिता रहेको थियो।

उनि हिमालयन, मुस्ताङ र मनास्लु, इटाली र हङकङमा भएका अल्ट्रा दौडमा ६ पटक बिजेता बनेकी छिन्। राईले अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाएका १४ बटा अल्ट्रा दौड मध्ये आठ वटामा उपाधि चुमेकी छिन्।

अल्ट्रा दौड शुरु गरेको २ बर्षमा नै चर्चा कमाएकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको १ बर्ष मा नै यति ठुलो सफलता हात पारेकी हुन्।

उनले हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्बिजरल्याण्ड ईटाली लगायतका देशहरु अल्ट्रा दौडमा भाग लिई सकेकी छन्। माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा कम उमेरका कारण उनलाई अयोग्य लडाकु ठहर गरिएको थियो ।​

नेपालनेपालीडटकमबाट

यो पनि पढ्नुहोस्

नेपाली चेली मिरा बनिन ‘विश्व उपबिजेता’

 

प्रकाशित मिति: ५ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्