मलेसियाले नेपालीलाई धमाधम पक्राउ गर्दै, दुई सय बढी नियन्त्रणमा


 


काठमाडौं, असार २२
मलेसिया सरकारले विनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई एक हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ ।

स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपालीसहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको छ । कारोबार दैनिकमा खबर छ ।

‘‘ओपी मेगा–३’ नाम दिइएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ परिसकेका छन् ।

यसरी पक्राउ पर्ने २ सय नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको भए पनि पक्राउ कार्य जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको बताइएको छ । वैधानिक हुने वा ःवदेश फर्कने म्याद असार १६ गते सकिएको थियो ।

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्