खेलकुद विकास समितिले पूर्णता पायो, को-को भए समिति सदस्य ?


 


saroj basnetभोजपुर, असोज ७

जिल्ला खेलकुद विकास समिति भोजपुरले पूर्णता पाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जिल्लाका लागि अध्यक्ष चयन गरेको झण्डै दुई महिनापछि जिल्ला खेलकुद विकास समितिले पूर्णता पाएको हो ।

कांग्रेसबाट सिफारिस उपाध्यक्षको राखेपले स्विकृत गरेर पठाएपछि खेलकुद विकास समितिले पूर्णता पाएको छ । कांग्रेसबाट समितिको उपाध्यक्षमा तरुण दलका सभापति सरोज बस्नेतको स्विकृत भएको हो ।

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष सहित छ जना यस अगाडी नै परिषदले स्विकृत गरेर पठाएको थियो । जसमा सुमन राई अध्यक्ष छन् । उनि एमाले संम्बद्ध हुन् ।

एमालेबाट कोषाध्यक्ष अनिता राई, सदस्य विजन राई, सिताराम गुरुङ, सजना परियार र चिन्तामणी पोख्रेल रहेको छन् । त्यस्तै कांग्रेसबाट रमेश राई सदस्यमा चयन भएका छन् ।

एमालेबाट राखेप सदस्य सचिवमा केशव कुमार बिष्ट नियुक्त भएसँगै साउनमा देशभर जिल्लाका लागि अध्यक्ष चयन भएका थिए । चयन भएका प्रायः सबै अध्यक्ष एमाले निकटका छन् ।

सत्ता साझेदार कांग्रेसका लागि उपाध्यक्ष पद सहित केही सदस्य भागबण्डा गरेर देशभरका खेलकुद विकास समितिले पूर्णता पाउन थालेका छन् । यसअघि युवराज लामा सदस्य सचिव हुँदा देशभर एमाओवादी निकटका अध्यक्ष खेलकुद विकास समितिमा थिए ।

युवा तथा खेलकुद मन्त्रालय जुन दलले नेतृत्व ग¥यो त्यँही दल निकट सदस्य सचिव र जिल्लामा अध्यक्ष सहित समिति चयन हुँदै आएको छ । राखेपले पूर्वाञ्चल खेलकुद विकास समितिको अध्यक्षमा रविन नगरकोटीलाई चयन गरेको थियो ।

त्यस्तै पूर्वाञ्चलका जिल्लाहरुमा संखुवासभामा भरत घिमिरे, धनकुटामा योगेन्द्र राई, सुनसरीमा धनप्रसाद राई, मोरङमा किशोरलाल अमात्य ओखलढुंगामा रपलाल तामाङ चयन भएका थिए ।

ताप्लेजुङमा, थर्ककुमार चोङवाङ, पाँचथरमा बाबा मेयाङवो, इलाममा जीतबहादुर राई, सोलुखुम्बुमा डाकबहादुर नेपाली, उदयपुरमा पुष्प विश्वकर्मा, सिरहामा सचितानन्द चौधरी, खोटाङमा माइतिराज राई, र झापामा शंकर थापा चयन भएका थिए ।

यो पनि पढ्नुहोस्

भोजपुरको खेलकुद विकास समितिमा को-को चयन भए ?

जिल्ला खेलकुद विकास समितिका लागि कुन जिल्लामा को अध्यक्ष भए ? (सबै जिल्लाको विवरण सहित)

प्रकाशित मिति: ६ आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्