बेलायतमा गीत लेखन गोष्ठी


 


काठमाडौँ, असार २६

भानुजयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले गीत लेखन गोष्ठी सम्पन्न गरेको छ ।

साहित्य महासङ्घ साउथ युकेका अध्यक्ष करिष्मा घमको सभापतित्वमा भएको गोष्ठीमा गीतकार भावेश भुमरीले गीत लेखनबारे प्रशिक्षण दिनुभएको थियो ।

भानुजयन्तीका अवसरमा याक्यान्टवरी युनिभर्सिटीमा दोस्रो विश्व नेपाली साहित्य सम्मेलन तथा साहित्य महासङ्घ स्थापनाको आठौँ वार्षिकोत्सव मनाइँदैछ ।

आदिकवि भानुभक्तका बारेमा सन्ध्या गुरुङ र लाहाङ चेम्जोङले बोल्नुभयो । सम्मेलन सहसंयोजक विजय हितानले विश्व सम्मेलन मनाउन आयोजक तथा व्यवस्थापक समिति विस्तार गरी ५७ सदस्यीय बनाइएको जानकारी दिनुभयो ।

साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वासदीप तिगेलाले सम्मेलन सम्पन्न गर्न सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो । रासस

प्रकाशित मिति: २६ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्