११ वर्षीया बालिकालाई महिनौंदेखि सामूहिक बलात्कार, सुरक्षा गार्डसहित १८ जना पक्राउ


 


नयाँदिल्ली, साउन १
भारतको चेन्नईमा एक ११ वर्षीया बालिकालाई महिनौंसम्म सामूहिक बलात्कार गरिएको रहस्य बाहिरिएको छ ।

बलात्कारको आरापमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । जसमा विल्डिङका सुरक्षा गार्डदेखि पानी सप्लाई गर्नेहरु छन् ।

उनीहरुले बालिकालाई जुसमा नशालु पदार्थ मिसाएर बेहोस बनाई बलात्कार गर्ने गरेको बताइएको छ । प्रहरीकाअनुसार बालिकालाई ब्ल्यामेल गरेर पटक–पटक बलात्कार गरिएको छ ।

बालिकालाई दिदीलाई यसबारे भनेपछि उनले घर परिवारलाई भन्दा परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्