नेपाली यु–१९ क्रिकेट टिम घोषणा


 


Nepal-U-19-Teamकाठमाडौं, असोज ८

मलेसियामा हुने आईसीसी यु–१९ विश्वकप क्रिकेट छनौट प्रतियोगिताको लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो ।

अघिल्लो महिना सम्पन्न एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट खेलेको टोलीमा एकमात्र परिवर्तन गरिएकोछ ।

ब्याट्सम्यान आशिष धामीको ठाँउमा अलराउण्डर कुशल भुर्तेललाई टोलीमा समावेश गरिएको छ ।

मलेसियाको क्वालालम्पुरमा यही असोज २८ गतेदेखि हुने प्रतियोगिताको तयारीका लागि नेपालले भारतमा १५ दिन बन्द प्रशिक्षणको अभ्यास गर्ने बताईएको छ । छनौट प्रतियोगिताको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल र पपुवा न्युगिनीसँगै आयरल्याण्ड, युगाण्डा र अमेरिका सहभागी छन् । यो प्रतियोगिताको विजेता टोलीले अर्को वर्ष बंगलादेशमा हुने आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउनेछ ।

प्रकाशित मिति: ८ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्