केन्यालीले नेपालबाट नर्तकी लिँदै, २१ नेपाली युवतीको क्लवबाट उद्धार


 


काठमाडौं, साउन ५
मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो । कान्तिपुरमा खबर छ ।

केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा छापा मारी नेपाली युवतीलाई मुक्त गरेको थियो ।

अपराध एकाईका अनुसार मुख्य अभियुक्त समेत पक्राउ परेका छन् । २१ नेपाली युवतीलाई मानवतस्करले केन्या लिएको खुलेको छ ।

प्रक्राउ गरिएका तीन अभियुक्तलाई मानव तस्करीबिरुद्ध कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । केन्याली नागरिकहरुले डान्सबारमा नर्तकी र यौनकर्म गर्ने युवतीहरु नेपालबाट लैजाने गरेको खुलेको छ ।

प्रकाशित मिति: ५ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्