हरिणको मासुसहित दुई जना पक्राउ



मोरङ, साउन ८

मोरङको कानेपोखरी गाउँपालिका – ७ स्थित दही खोलाबाट प्रहरीले जंगली हरिणको मासुसहित दुई जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा जंगली हरिणको शिकार गरी टुक्रा पारेर राखेको अबस्थामा २५ किलो मासु बरामद गरेको हो ।

हरिणको मासुसहित भ्यानका चालक मोरङ, सुन्दर–हरैचा नगरपालिका–२ घर भई सुनसरी, ईटहरी उप–महानगरपालिका –४ बस्ने २१ बर्षिय अजय चौधरी र मोरङ ग्रामथान गाउँपालिका – ७ बस्ने ३६ बर्षिय मोहनप्रसाद सुबेदीलाई पक्राउ गरेको अस्थायी प्रहरी चौकी कानेपोखरीले जनाएको छ ।

बरामद गाडी, मासु र दुबैजनालाई आवश्यक कारवाहीका लागी इलाका बन कार्यालय कानेपोखरीमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News