आगलागी पिडित साहलाई ५३ हजार सहयोग



मोरङ  साउन ८

आगलागी पिडित मोरङ, उर्लाबारी – ६ का ब्यापारी नारायण साहलाई आज रु ५३ हजार सहयोग गरिएको छ । साहको कस्मेटिक पसलमा गत साउन १ गते राती बिद्युत चुहावट भई आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको थियो ।

उर्लाबारी उद्योग बाणिज्य संघ र उद्योगी ब्यापारीहरुबाट रु ५३ हजारसंकलन गरी प्रदान गरिएको हो । संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) ले ब्यापारी साहलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । संघको विपत् राहत कोषबाट रु १० हजार र रु ४३ हजार ब्यापारी तथा उद्योगीबाट संकलन गरी साहलाई सहयोग गरेको अध्यक्ष भट्टराईको भनाई छ ।

ब्यापारी तथा उद्योगीहरुको समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नु पर्ने अध्यक्ष भट्टराईले बताउनुभयो । साहको दुई तले पक्की घरको भुँई कोठामा रहेको कस्मेटिक होलसेल पसलमा आगलागी हुँदा त्यहाँ रहेका सम्पूर्ण सामान र कोठा जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News