डिसीमा समर कमेडी नाइट हुने


 


भर्जिनिया, साउन ९
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा समर कमेडी नाइट २०१८ हुने भएको छ ।

भर्जिनिया को फेयर फ्याक्स शहरमा आगामी जुलाई २८ तारिख शनिबार कार्यक्रम कार्यक्रमका संयोजक कलाकार पुस्कर पन्तले जानकारी दिए । २५ डलर प्रवेश शुल्क राखिएको कार्यक्रममा रात्री भोजनको व्यवस्था छ ।

उक्त ग्रीष्म कालिन हास्य व्यंग्य रात्री २०१८ मा नेपालका राष्ट्रिय कलाकारहरु शिवहरि पौडेल ,रमेश बुढाथोकी तथा पुस्कर पन्त ,राजेश नाथ, अङ्कित अग्रवाल ,अर्जुन दाहाल , नृत्यांगनामा सरु परियारको बेजोडको प्रस्तुति हुने छ ।

कार्यक्रम शनिबार साँझ ७ बजे देखि सुरुवात हुने छ ।

प्रकाशित मिति: ९ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्