दुर्घटनामा पत्रकारको मृत्यु



राजविराज, साउन ९

सप्तरीको राजविराज–भारदह सडक खण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका–६ बस्ने ४५ वर्र्षीय पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

विराटनगरबाट राजविराज आउँदै गरेको को१ज २१४९ नंको माइक्रोबस विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६१० नंको बससँग ठोकिँदा सो दुर्घटना भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो ।

घाइतेलाई विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News