प्रधानमन्त्री राहत कोषमा ३ अर्ब ३९ करोड


 


सरकारले विनाशकारी भूकम्प पीडितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरेको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बुधबारसम्म ३ अर्ब ३९ करोड रुपैयाँ जम्मा भएको छ ।
कर्मचारी संयन्त्र भ्रष्ट रहेको र सहायता रकममा पनि अनियमितता हुने आशंकामा सुरुमा धेरै दाताले प्रधानमन्त्री कोषमा रकम जम्मा गर्न अनकनाएका थिए । पछिल्ला दिनमा भने पैसा जम्मा गर्नेहरु बढेको देखिएको छ । यही रफ्तारमा पैसा जम्मा हुने हो भने कोषमा ५ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।
प्रधानमन्त्री कोषमा स्वदेशीसँगै विदेशीले पनि निरन्तर रकम जम्मा गरिरहेका छन् । बुधबारसम्म विदेशी सरकार, संघसंस्था, व्यक्तिले गरी एक अर्ब ९० करोड रुपैयाँ सहायता गरेका छन् ।

प्रकाशित मिति: ७ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्