लागूऔषध दुव्र्यसन नियन्त्रण अभियानमा प्रहरी निरीक्षक तिमल्सिना



उर्लाबारी, साउन १३

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना लागूऔषध नियन्त्रण अभियानमा लाग्नु भएको छ । उर्लाबारीमा सरुवा भएर आएलगत्तै नगरको शान्ति सुरक्षा व्यवस्था कायम राख्न सफल हुनु भएका प्रहरी निरीक्षक तिमल्सिना पछिल्लो समय लागूऔषध नियन्त्रणमा सक्रिय हुनु भएको हो ।

यसका लागि प्रहरी निरीक्षक तिमल्सिनाले सामुदायिक एवम् संस्थागत बिद्यालयका बिद्यार्थीहरुलाई प्रशिक्षण दिन थाल्नु भएको छ ।यसक्रममा उहाँले आईतबार उर्लाबारी – १ शारदा माविको कक्षा ८ , ९ र १० का बिद्यार्थीहरुलाई लागूऔषधको जोखिमका विषयमा सचेतना प्रदान गर्नुभएको छ ।

उहाँले यस्ता सचेतना कार्यक्रम नगरका अन्य बिद्यालयमा समेत प्रस्तुत गरिने प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो । यस्तै आईतबारदेखी नै ईप्रका उर्लाबारीमा ७ दिने भिड नियन्त्रण पुर्नताजगी तालिम सुरु भएको छ । तलिममा इप्रका उर्लाबारीसहित, इप्रका मधुमल्ला, प्रहरी चौकी राजघाट, अस्थायी प्रहरी चौक मंगलबारे र टाँडीका प्रहरी नायव निरीक्षकदेखी प्रहरी जवानसम्मका गरी ३० जना प्रहरीको सहभागिता रहेको छ । तालिममा प्रहरी निरीक्षक तिमल्सिनासहितले प्रशिक्षण दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News