काँग्रेस पूर्वमहामन्त्री सिटौलाको आरोप



भद्रपुर, साउन १५

नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारलाई दुईतिहाइको मात लागेको आरोप लगाउनुभएको छ । झापाको सदरमुकाम चन्द्रगढीमा आज काङ्ग्रेस झापाद्वारा आयोजित विरोधसभामा नेता सिटौलाले सरकारले जनताको अधिकारमाथि दमन गर्न खोजेको बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भएको दावी गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीलाई सरकार संसद्, सडक र मिडियामा नियन्त्रण गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News