अपहरणकारीलाई इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा, यसरी खुल्यो रहस्य 


 


काठमाडौं, साउन २३
आइतबार काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संग्लन दुई अपहरणकारीको प्रहरीले इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा भएको छ ।

यस्तो खुलासा गरेपछि नगदेशका स्थानीय र मारिएका दुई अपहरणकारीका घरबेटी श्याम लवट परिवार दबाबमा परेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

यसपछि प्रहरी र सञ्चारकर्मीको लगातार फोन आउन थालेपछि उनीहरु दबाबमा परेका हुन्। घटनाको खुलासा किन गरेको भन्दै प्रहरीले दबाब दिन थालेपछि लवट परिवारले सोधपुछ गर्ने जो कोहीसँग पनि कुरा गर्न डराउन थालेको स्थानीयको भनाइ छ ।

महानगरीय अपराध महाशाखाको टोलीले अपरहणमा संग्लन भनिएका गोपाल तामाङ र अजय तामाङको सूर्यविनायकमा रहेको जंगलमा भनिएको इन्काउन्टर भनी गरेको प्रचार गलत भएको खुलासा भएपछि उनीहरु प्रहरीको दबाबमा परेका हुन् ।

महाशाखाको टोलीले बालक निशानको हत्यामा संग्लन भनिएका गोपाल र अजयको दोहोरो मुठभेडमा ज्यान गएको दाबी गरे पनि महाशाखाको प्रहरीले नगदेशस्थित कोठाबाट अजय र गोपाललाई गाडीमा हालेर जंगलतर्फ लगेको प्रत्यक्षदर्शी बताउँछन् ।

श्याम लवटको घरमा ६ महिना अघिदेखि बस्दै आएका गोपाल र अजयलाई सादा पोसाकमा आएको प्रहरीको टोलीले कोठाभित्रै कुटपिट गरेर आँखामा पट्टी बाँधेर लगेको त्यहाँ उपस्थित दर्जनौं बासिन्दाले प्रत्यक्ष देखेका थिए ।

प्रकाशित मिति: २३ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्