दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु


 


मोरङ, साउन २४

विराटनगर – १८ स्थित विराटनगर – जोगबनी सडक खण्डमा आज दिउँसो मोटरसाईकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

जेगबनीबाट विराटनगरतर्फ आउँदै गरेको को ७ प २५५९ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषा जिल्लामा दरबन्दी भई मोरङको इलाका प्रहरी कार्यालय बुधनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक ४२ वर्षिय बिवेकानन्द झा को मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका झाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २४ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्