मुख्यमन्त्रीलाई छक्याउँदै प्रमुख सचिव फेरबदल


 


काठमाडौं, साउन २५
केन्द्र सरकारले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई छक्याउँदै प्रमुख सचिव फेरबल गरिरहेहको छ ।

राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला। तीन महिना नपुग्दै गत वैशाखमा केन्द्र सरकारले कोइरालालाई सरुवा गर्‍यो । त्यसपछि उनको ठाउँमा सुरेश प्रधानलाई पठाइयो । प्रधान तीन महिना नपुग्दै गत साता सरुवा भए । कान्तिपुरमा खबर छ ।

मन्त्रिपरिषद्ले बुधबार केदार न्यौपानेलाई त्यहाँ पठाएको छ । उनी पनि कायममुकायम मात्रै हुन् । प्रदेश सरकार बनेको ६ महिनामै तीन प्रमुख सचिव फेरिनु आफैँमा अनौठो त थियो नै मुख्यमन्त्रीलाई समेत जानकारी दिइएन । निर्णय भएपछि मात्र उनले थाहा पाउँथे ।

मुख्यमन्त्री राईले आफूलाई थाहै नदिएर प्रमुख सचिव फेरबदल गरिएकोमा असन्तुष्टि पोखे । प्रदेश सरकारहरू संविधानतः स्वायत्त शासकीय अभ्यासका लागि बनेका हुन् । तर ६ महिना बित्दा पनि उनीहरू स्वायत्त किसिमले चल्न पाएका छैनन् ।

प्रकाशित मिति: २५ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्