प्रदेश सरकारको बिदा प्रशासनले मानेन


 


विराटनगर, साउन २५
प्रदेश सरकारले घोषणा गरेका सार्वजनिक बिदा संघीय सरकार मातहत रहेका सरकारी कार्यालयहरूले मानेनन् । आदिवासी दिवसका अवसरमा बिहीबार प्रदेश १ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर संघीय सरकार मातहतका जिल्ला प्रशासन कार्यालयलगायत सबै कार्यालय खुले भने प्रदेश मातहतका मन्त्रालयदेखि स्थानीय तहका कार्यालय, विद्यालयलगायत बन्द भए । कान्तिपुरमा खबर छ ।

प्रदेश १ का १४ वटै जिल्ला प्रशासन कार्यालयले बुधबार गृह मन्त्रालयसँग बिदा गर्ने कि नगर्ने भन्ने निर्णय मागेका थिए ।

बिहीबार बिहान संघ मातहतका कार्यालय खोल्ने निर्देशन आएको थियो । प्रदेश सरकारले सार्वजनिक बिदा गर्न प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

प्रकाशित मिति: २५ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्