बुवाले छोरीलाई र नातीले हजुरआमालाई बलात्कार गरेको खुलासा


 


काठमाडौं, साउन २५
सुन्दा अचम्म लाग्न सक्छ, बुवाले छोरीलाई र नातीले हजुरआमालाई बलात्कार गरेको भन्दा । तर, हिमाली जिल्ला ताप्लेजुङमा यस्तै घटना भएको छ । जिल्लामा बलात्कारका घटना बढ्दै गर्दा यस्तो घटना पनि बाहिर आएको हो

आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ ।

किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
यहाँ नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । यस्तै, नातीले हजुरआमालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २५ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्