अपहरणकारीको हत्या कि इन्कान्टर ? गृहमन्त्रीले मुख खोले


 



काठमाडौं, साउन २५
गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीको हत्या गरिएको भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले यो हल्ला झुट भएको र प्रहरी इन्कान्टरबाटै बालक अपहरणकारीको मृत्यु भएको दाबी गरे । उनले २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताए ।

२४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको उनको दाबी छ । मन्त्री बादलले समयमै काम नगर्ने ठेकदारहरुलाई सरकारले सचेत गराएको बताए ।

सरकारको कदमबाट ठेकदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको उनले बताए ।

प्रकाशित मिति: २५ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्