यस्तो बन्यो नेकपाको जिल्ला र प्रदेशको संख्या र नेतृत्वको मापदण्ड, कहाँ को दाबेदार ?


 


काठमाडौं, साउन २६
नेकपाले तल्लो तहका कमिटी निर्माणका लागि मापदण्ड बनाइरहेको छ । जसमा जिल्ला र प्रदेशको मापदण्ड बनेको छ । जिल्ला र प्रदेशको मापदण्ड यसरी बनाइएको छ :

प्रदेश १ को कार्यदलमा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले छन् । यो प्रदेशको बन्ने २०७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १२२ र माओवादीबाट ८५ जना रहने छन् । जुन कमिटीको अध्यक्षका लागि जगन्नाथ खतिवडा, राम कार्की र सावित्रीकुमार काफ्ले छन् ।

यस्तै, प्रदेश २ मा बनेको कार्यदलमा सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह छन् । यहाँ २१५ सदस्यीय समिति बन्नेछ । कसको कति भने टुंगो लागेको छैन । यहाँ अध्यक्षका लागि नागेन्द्र चौधरी, शत्रुधन महतो, प्रभु साह, विश्वनाथ सिँह दाबेदार छन् ।

प्रदेश ३ मा बनेको कार्यदलमा अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहाल छन् । यहाँ २१७ सदस्यीय कमिटी बन्नेछ । अन्तिम टुंगो भने लागिसकेको छैन । यो प्रदेशको अध्यक्षका लागि पशुपति चौलागाईं, काशीनाथ अधिकारी र नारायण दाहाल दाबेदार छन् ।

गण्डकी प्रदेशमा बनेको कार्यदलमा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी छन् । यहाँको अध्यक्षका लागि किरण गुरुङ, तुलबहादुर गुरुङ, हितराज पाण्डे र हरि अधिकारीको नाम चर्चामा छ । यो प्रदेशमा १८७ सदस्यीय कमिटी बन्नेछ ।

यस्तै, प्रदेश ५ को कार्यदलमा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन छन् । यहाँ बन्ने २०३ सदस्यी प्रदेश कमिटीका लागि दलबहादुर राना, मणि थापा, गणेशमान पुन अध्यक्षका दाबेदार छन् ।

कर्णाली प्रदेश प्रदेशमा बनेको कार्यदलमा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा छन् । यो प्रदेशमा बनेको १७५ सदस्यीय कमिटीमा पूर्वएमालेबाट ८७ र पूर्वमाओवादीबाट ८८ जना हुनेछन् । यहाँको अध्यक्षका लागि मायाप्रसाद शर्मा, यामलाल कँडेल, गोरखबहादुर बोगटी र लक्ष्मी पोखरेलको नाम चर्चामा छ ।

प्रदेश ७ मा बनेको कार्यदलमा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी छन् । यहाँ बन्ने १८३ सदस्यी प्रदेश कमिटीमा कुन दलबाट कति भन्ने यकिन भएको छैन । यहाँको प्रदेश अध्यक्षका लागि कर्णबहादुर थापा र लक्ष्मीदत्त जोशी दाबेदार रहेका छन् ।

प्रकाशित मिति: २६ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्