शिवाको संगितमा नव गायक वीर पङ्धक लिम्बुले डेब्यु गर्दै


 


गायक तथा सञ्न्चारकर्मी मिथुन शिवाको सङ्गीतमा नव गायक वीर पङ्धक लिम्बुले आफ्नो पहिलो गीत रेकर्ड गराएका छन। गीतमा साहित्यकार कृष्ण भिर लामिछानेको शब्द रहेको छ। झापा जिल्लाको बुद्ध शान्ती घर भई हाल मलेसियामा रहेका गायक लिम्बु सानै देखि गीत गाउन माहिर थिए।

बिद्यालयमा आयोजित विभिन्न साङ्गीतिक कार्यक्रममा भाग लिन्थे,साथीभाई र गुरुहरुले आफ्नो प्रस्तुती सुनेर सारै राम्रो गाउछौ भनेर ढाडस दिने गर्दथे, गायक लिम्बुले सुनाए। गाउँको सास्कृतिक कार्यक्रमवाट समेत हौसला पाएका उनी अहिले आएर आफ्नो आवाजमा गित रेकर्ड गराउने सपना पूरा भएको बताउछन।

कुनै आशा गरेको कुरा वाट नै निराशा हुनु परेको भाव बोकेको यश गजल गितमा भनिएको छ, ुकाचको चुरा हातमा लाउदा फुटे जस्तो भो…. केही समय अगाडी रेकर्ड गरिएको गीत चाडै नै सार्वजनिक गरिने सङ्गितकार शिवाले बताएका छन। मलेसियामा रेकर्डिङ गरिएको उक्त गीतलाई धनु मगरले म्युजिक एरेन्ज गरेका हुन।

प्रकाशित मिति: २६ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्