१९ औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै


 


काठमाण्डौ, साउन २७

‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आज विश्वभर १९ औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । सन् १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा यो दिवस मनाउँदै आइरहेका छन् ।

संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक वर्षको १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको हो । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषणा गरिएको हो । सामान्य अर्थमा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान अनुरुप वाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगि नसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ ।

युवा त्यो उमेर समूह हो, जसमा राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य रहेको विश्वास गरिन्छ । राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ ।

युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएबाट राज्यले निर्माण गर्ने कानून, नीति एवं कार्यक्रममा युवा र उनीहरुका सरोकारका विषय सम्बोधन हुन आवश्यक रहेको उनिहरुको तर्क छ ।

प्रकाशित मिति: २७ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्