जाँतेको विद्यालयको पानीट्याङ्कीमा हालिएको बिषादी हानिकारक


 


मोरङ, साउन २९

मोरङको लेटाङ नगरपालिकाको जाँतेमा रहेको श्रीमाबिमा आज बिहान प्रयोग भएको साईपर मेथिन १० बिषादी हानिकार बिष भएको बिज्ञले बताएका छन् । यो बिषादी बिशेषत खेती र बालीमा किरा मार्न प्रयोग गरिने बिषदी भएकोले हानी कारक रहेको बाली रोग बिशेषज्ञ सागर भट्टराईले जानकारी दिए ।

उनका अनुसार यो बिष हो । बिभिन्न खेती प्रयोजनमा प्रयोग गरिन्छ । यो निक्कै कडा बिष तर चाँडै खण्डित हुने भएकोले यसको ७ दिन वेटिङ पिरियड हुने भट्टराईको भनाई छ । यो सिन्थेटिक पाईरीफ्लोराईड बिषादी भएको उनको भनाई छ । यो समुह अन्तरगत पर्ने भएकोले यो बिषादी हानीकारक रहेको उनको तर्क छ ।

यो बिशुद्ध किरामार्न प्रयोग गरिने बिष हो । यसरी मान्छेहरुसम्म आईपुग्दा पानी र बिषको तालमेल नमिल्न पनि सक्छ । यसमा पानीको मात्रा थपघट हुँदा बिषादीको प्रभावकारीता पनि थपघट हुन्छ । ‘ठुलो पानीको भोल्युममा थोरै बिष मिसाईएको हो भने मान्छे बाँच्ने संभावना बढी हुन्छ, उनले भने, यदी बिषादीको पानीमा हाल्नु पर्ने मात्रा मिलेको अबस्थामा यो बिषधी घातक हुन्छ ।’ बिशेषगरी खेती र वालीमा छुसाहा किरालाई ब्यवस्थापन गर्न प्रयोग गरिने बिषादी कसले किन बालबालिकालाई लक्षित गरी बिद्यालयको खानेपानी ट्याकीमा हाल्यो भन्ने बिषय गम्भीर भएको छ । यस बारेमा अहिले पनि खोजी भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्