बाढीले पुलसहित घर र पसल बगायो


 


जाजरकोट, साउन ३०

नलगाड नगरपालिका–५ कालिमाटीमा गए राति बाढीले दुई झोलुङ्गे पुल बगाएको छ । बाढीले झुम्रे खोला र घुआरामा रहेको झोलुङ्गे पुल बगाएको हो ।

बाढीले घुहारामा रहेको मिल, कालिमटीस्थित खिमलाल जैशीको घर र १५ घुम्ती पसलसमेत बगाएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

सो ठाउँका पानी घट्टसमेत बाढीले बगाएको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने पुल बगाएपछि यहाँ आवतजावत ठप्प छ । धान खेत बाढीले बगाएको छ । रासस

प्रकाशित मिति: ३० श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्