एनआरएनएको तेश्रो अफ्रिका क्षेत्रीय बैठक कम्पालामा हुने


 


युगान्डा, साउन ३०
गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ । बैठक आगामी डिसेम्बर २९ र ३० मा आयोजना हुने भएको छ।

बैठकको उदघाटन पछि नेपाली साहित्य गोष्ठी र सास्कृतिक कार्यक्रम आयोजना हुनेछ । भने दोस्रो संस्थाको प्रगति र विभिन्न समस्याका बारेमा छलफल हुनेछ ।

दोश्रो दिन अफ्रिका क्षेत्रका एनसीसीका समस्या, प्रगति विवरण, अफ्रिकाको बाटोबाट हुने नेपाली मानव तस्करी, केन्या र तान्जानियाका डान्स बारमा काममा आउने नेपाली चेलीहरुको समस्या, अफ्रिकामा नेपाली कामदारको समस्या, अफ्रिकामा कार्यरत नेपालीले भोग्नु परेको श्रम स्विकृती, पासपोर्ट नविकरण आदिको समस्या र सामूहिक लगानी, नेपाल र अफ़्रिकिन देश बिच व्यापार, पर्यटनमा साझेदारी आदि विषयमा छलफल हुने एनसीसी युगान्डाका पूर्व अध्यक्ष रमेश कंडेलले जानकारी दिए।

बैठकमा एनआरएनएका अन्तर्रास्ट्रिय अध्यक्ष भबन भट्ट लगायत पदाधिकारीहरु र विभिन्न देशबाट अतिथिहरु लगाएत अफ्रिकाका सबै एनसीसीबाट सहभागिताको अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्