दोस्रो लक्ष्मीमार्ग गोल्डकप भदौँ २३ देखी


 


मोरङ, साउन ३०

मोरङको बेलबारी नगरपालिका – ११ मा यही भदौ २३ देखि ३० गतेसम्म दोस्रो लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजकले आज बेलवारीस्थित लक्ष्मीमार्गमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका विषयमा जानकारी गराएको हो ।

प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब मोरङ, उर्लाबारीस्थित मोरङ फुटबल एकेडेमी मंगलबारे, युनाईटेड खर्साङ भारत, इलाम ११, विर्तामोड युनाईटेड क्लब झापा, धनकुटा र उदयपुर ११ तथा चर्च ब्वाईज काठमाडौं गरेर आठवटा टिमको सहभागिता रहने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिनुभयो ।

प्रतियोगिता आयोजना गर्न बुद्ध एअरले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । त्यस बाहेक विभिन्न संघ संस्था, लक्ष्मीमार्गका स्थानीय तथा विदेशमा बसोबास गर्दै आएकाहरुले सहयोग गर्ने अध्यक्ष राईको भनाइ छ । उहाँका अनुसार यस वर्ष प्रथम हुने टिमलाई रु दुई लाख २२ हजार र द्धितिय हुने टिमलाई रु एक लाख दुई हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्