उर्लाबारी ट्याक्सी संघको अध्यक्षमा पुन : दाहाल


 


मोरङ, साउन ३०

उर्लाबारी ट्याक्सी संघको आज भएको तेस्रो साधारणसभाले पुनः बिनोद दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा ज्ञानु भट्ट, सचिवमा ज्ञानु प्याकुरेल, सह–सचिवमा प्रदीप कटुवाल र कोषाध्यक्षमा दिनेश थेबे रहनुभएको छ ।

यस्तै, सदस्यहरुमा चिरञ्जीवी पाण्डे, मुकुन्द भट्टराई, गोपाल खरेल ,ध्रुब आचार्य, डुमिलाल राजवंशी र रमेश सापकोटा रहनुभएको छ । यसैगरी सल्लाहकारहरुमा प्रकाश भुजेल, राजेन्द्र लिम्बू , ईन्द्र आपागाई र सर्वजित भण्डारी हुनुहुन्छ । यस्तै, क्यु समितिको संयोजकमा जीतबहादुर काफ्ले र सदस्यहरुमा बिपिन अधिकारी, नारायण दाहाल, नगेन्द्र भट्टराई र बिशाल रोक्का रहेका छ्न ।

यसैगरी दुर्घटना समितिमा सर्वजित भण्डारी संयोजक रहनुभएको छ । सदस्यहरुमा चक्र वाईवा, सुरेश धिमाल, गणेश सुवेदी र दिवस गहतराज रहेका छन् ।

स्थानीय एरोमा होटलमा भएको साधारणसभाको उद्घाटन सत्रमा पुर्वी मोरङ यातायात प्रालिका अध्यक्ष दिपेन्द्र धिमाल, नेपाल यातायात मजदुर संघ मोरङ अध्यक्ष बाबुराम कट्टेल, होटल ब्यवसायी मनोहरी दाहाल, मोरङ सुनचाँदी ब्यवसायी संघका अध्यक्ष प्रितम खड्गी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व विनोद दाहाल र सञ्चालन सञ्चारकर्मी घनश्याम भण्डारीको रहेको थियो ।

प्रकाशित मिति: ३० श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्