निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने पक्राउ


 


कञ्चनपुर, भदौ ४
कञ्चननपुरको भीमदत्त नगरपालिका वडा नम्बर–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले २४ दिनपछि स्थानीय युवक दिलिपसिंह बिष्टलाई पक्राउ गरेको हो।

घटनाको अनुसन्धानका लागि जिल्लामा खटिएको केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठ्ठीले जानकारी दिनुभयो ।

प्रहरीकाअनुसार बिष्टलाई सार्वजनिक गर्ने तयारी पनि गरेको छ । उनले बलात्कारपछि हत्या गरेको स्वीकारसमेत गरेको जनाइएको छ । प्रहरीकाअनुसार बिष्ट पहिले पनि अपराधिक क्रियाकलपामा संलग्न रहँदै आएका थिए ।

कञ्चनपुरको उल्टाखामकी बालिका पन्त ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्