विहान अँध्यारोमै तरकारी बजारमा छापा, अवरोध गर्न खोज्दा एक व्यापारी पक्राउ



काठमाडौं, भदौ ११
बल्खुस्थित तरकारी बजारमा सोमबार विहान अँध्यारोमै उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले छापा मारेको छ । बिहान ४ बजे तरकारी बजारमा छापा मारेर एकजना व्यापारीलाई पक्राउ गरेको हो ।

विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वको टोलीले छापा मारेको हो । टोलीले छापा मार्न व्यापारीले अवरोध गर्न खोज्दा झडपको अवस्था उत्पन्न भएको थियो ।

अनुगमन गर्न पुगेको टोलीले प्रमाणित नगरेका ढक र तराजुहरु उठाएपछि तरकारी व्यापारीहरुले आक्रमण गरेको आपूर्ति मन्त्री मातृका प्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिए ।

व्यापारीहरुले टोलीमाथि अभद्र व्यवहार गर्दै अवरोध सृजना गरेपछि एकजना व्यापारीलाईसमेत पक्राउ गरिएको छ ।

यसअघि २०७३ असारमा पनि अनुगमनमा पुगेका तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसहितको टोलीमाथि सोही ठाउँमा व्यापारी साहसहितले बन्दगोभी, ईट्टा, लौकालगायत तरकारीले हानेर आक्रमण गरेका थिए ।

सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको छ । व्यापारीहरुसँग पान नम्बर समेत नरहेको अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News