कमल थापा भन्छन् – सरकारको विरोध गर्ने बेला भएको छैन



विराटनगर, १४ भदौ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताउनु भएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पार्नुभयो ।

उहाँले यातायात क्षेत्रको एकाधिकार(सिण्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कार्य रोकेकामा सरकारप्रति गुनासो व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News