डब्बु क्षत्रीको यो तन यो मन (भिडियो)


 


सञ्चारकर्मी डब्बु क्षत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा सँग्रहित गीत यो तन यो मन को भिडियो रिलिज गरिएको छ ।

क्षत्रीले आफ्नो जन्मदिनको अबसर पारेर आफ्नै च्यानल व्युटी न्युज नेपालबाट यो भिडियो रिलिज गरेका हुन् ।

यो गीतमा सन्तोष श्रेष्ठको संगीत र रेश्मा पुन मगरको स्वर रहेको छ । गीतलाई संगीत संयोजन जुगल डंगोलले गरेका हुन् ।

यो गीतको छायाँकन हालै मलेशियामा गरिएको हो । गीतको भिडियोमा मोडल कमला हाङखिम राई र पूर्ण सुब्बा योङहाङको अभिनय रहेको छ । गीतको छायाँकन मलेशियाको पर्यटकीय शहर मेलाक्कामा गरिएको हो ।

यो गीतलाई सुजन न्यौपानेले खिचेको हुन् । जसमा रोशनी न्यौपानेको मेकअप रहेको छ । भिडियोलाई अशोक मल्लले छायाँकन गरेका हुन् । भिडियो निर्देशक डब्बु क्षत्री आफैं हुन् । दुई दिन अघि रिलिज गरिएको भिडियोले दर्शकको राम्रो साथ पाईरहेको गीतकार क्षत्रीले बताए ।

प्रकाशित मिति: १४ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्