थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फिर्ता



काठमाडौँ, भदौँ १५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज अपराह्न स्वदेश फर्कनुभयो ।

 

 

 

 

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गर्नुभएको थियो । बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन उहाँ बिहीबार काठमाडौँ आउनुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News