एभरेष्टमा श्रीकृष्णजन्माष्टमीको विविध कार्यक्रम


 


विराटनगर, भदौ १७

श्रीकृष्ण जन्माष्टमीको अवसरमा एभरेष्ट सेकेण्डरी स्कुल विराटनगर– ६ मा विविध कार्यक्रम गरिएको छ । बालबालिकालाई संस्कृतिको ज्ञान दिलाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा कक्षा नर्सरी देखि एक सम्मका बालबालिकालाई राधाकृष्ण बनाई श्री कृष्णजन्माष्टमीको महत्वका बारेमा जानकारी गराइएको हो ।

हिन्दु धर्मअनुसार श्री कृष्ण भगवान जन्मेको दिनको रुपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने धार्मीक संस्कार छ । यहि संस्कारलाई बालबालिकाकै अवस्थादेखि जानकारी दिँदै गए संस्कृतीको जगेर्नामा सघाउ पुग्ने विश्वास विद्यालयको छ । राधा र कृष्णको रुपमा बालबालिकालाई सजाएर कक्षा–कक्षामा लगेर यस पर्वको बारेमा जानकारी दिइएको विद्यालयकी शिक्षीका सुस्मिता थापाले बताइन् ।

अधिकांश चाडपर्वमा बालबालिकालाई सम्बन्धित संस्कृतीसँग जोडिएका गतिविधिमा सम्लग्न गराउदै आएको विद्यालयले रक्षा बन्धन तथा जनैपूर्णिमाको दिनपनि बालबालिकाहरुलाई एकअर्कालाई राखि बाँध्ने र क्वाँटि ख्वाउने कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्