चर्चामा रहेको फिल्म ‘कथा काठमाडु’ को ट्रेलर सार्वजनिक


 


रातको कुरा बोलको गीत सार्वजनिक भए सँगै चर्चामा आएको फिल्म ‘कथा काठमाडु’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले काठमाण्डुको कथा बोलेको छ । संगीता श्रेष्ठको लेखन तथा निर्देशनमा चलचित्र निर्माण भएको हो ।

फिल्ममा काठमाण्डौमा बसोबास गर्ने ३ जोडीको जिबनमा आइ परेका समस्या र संघर्षका कथा लाई उतार्ने प्रयास गरिएको छ । ट्रेलरमा प्रियंका कार्की , प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी प्रस्तुत छन् । विजय राईको लगानी रहेको फिल्म असोज १२ गतेबाट अलनेपाल प्रदर्शनमा आउँने पक्का भइ सकेको छ । चलचित्रमा छायांकन लुज सिंहको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्