विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन आदेश



काठमाडौँ,  भदौ १७

सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशको आज पूर्ण पाठ जारी गर्दै विदेशमा बस्ने सबै नेपाली नागरिकलाई आगामी निर्वाचनदेखि सहभागी गराउने आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘विदेशमा रहेका नागरिकहरुलाई मतदानमा भाग लिन सक्ने अवस्थाको सिजृना गर्ने प्रयोजनार्थ विदेशमा रहेका नागरिकको वास्तविक लगत सङ्कलन गर्न दर्ता प्रक्रिया अविलम्ब शुरु गरी आउँदो निर्वाचनसम्ममा विदेशमा रहेका नेपाली नागरिकले मतदानमा सहभागी हुन सक्ने वातावरण मिलाउनु ।’

अधिवक्ता प्रेमचन्द्र राईले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको छलफलमा सर्वोच्चले अदालले विदेशमा रहेका सबै नेपाली नागरिकलाई निर्वाचनमा सहभागी गराई प्रजातन्त्र उपभोग गर्ने वातावरण मिलाउन आदेश भएको हो ।  रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News