आफ्नै साथीको बुवाबाट बालिका बलात्कृत


 


धनगढी, भदौ १८
कैलालीको घोडाघोडी नगरपालिकामा एक १४ वर्षीया बालिका आफ्नै साथीको बुवाबाट बलात्कृत भएकी छन् । घरमा केही नभएका बेला राति १० बजे बालिकालाई स्थानीय हर्कबहादुर कुँवरले बलात्कार गरेका हुन् ।

उनले बालिकाको हात बाँधेर र मुख थुनेर बेहोस् हुने गरि बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बलात्कार गरि फरार रहेका कुँवरलाई आइतबार पक्राउ गरिएको छ । बलात्कारपछि घटना गाउँमै मिलाउन खोजिएपनि कुरा नमिलेपछि बालिकाका परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

कुँवरमाथि जबरजस्ती करणी मुद्धा दर्ता गरि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्