सहयोगको वातावरण बनाउन छिमेकको भ्रमण : अध्यक्ष प्रचण्ड



काठमाडौं, भदौँ १९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताउनुभएको छ ।

आफ्नै निवास खुमलटारमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको बताउनुभयो ।

“दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ ।” उहाँले भन्नुभयो, “अध्यक्षका नाताले दुवै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालीका बनेको हो, मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु ।” अध्यक्ष दाहाल यही भदौ २१ गते भारत भ्रमणमा जान लाग्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News