पाँच वर्ष भित्रमा समृद्ध नेपाल बनाएर छोड्छौँ : अध्यक्ष दाहाल



हेटौँडा, भदौँ २०

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच वर्षभित्रमा समृद्ध नेपाल बनाएरै छाड्ने बताउनुभएको छ । मकवानपुरको मनहरी–९ रजैयास्थित ओम वातावरण शुद्धीकरण अभियान अग्निहोत्राश्रमको वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले अबको छ महिनाभित्रमा सरकारले देखिने गरी काम गर्ने योजना रहेको सुनाउनुभयो।

पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभइकन यथार्थ रहेको बताउँदै उहाँले अब चीन र भारतबाट रेल आउने निश्चित भएको बताउनुभयो ।

वर्षायाम सकिएपछि काठमाडौँको सबै सडक स्तरोन्नति गरेर सफा र हराभरा बनाउने उहाँको भनाइ छ । अहिले जनता सरकारप्रैति खुशी नरहेको बताउँदै उहाँले भन्नुभयो, “काठमाडौँको सडक हिलो, चिप्लो हेरेर सबै जनता निराश छन् । अब यो वर्षायाम सकिने बित्तिकै सडक राम्रोसँग बनाउँछौँ, अनि निरासा धेरै कम हुन्छ ।” अब काठमाडौँ सफा भएपछि देश पुरै सफा हुन्छ भन्ने मानिसमा आशा जाग्ने उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिक उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले सबै मिलेरमात्र मुलुक समृद्ध बन्ने भएकाले सरकारको काममा सहयोग गर्न आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News