नेकपा अध्यक्ष दाहाल भारत जाँदै



काठमाडौं, भदौँ २१

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वाराज लगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ । यस्तै उहाँले आईसिडब्लुएले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन पनि गर्नुहुनेछ । तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि उहाँ भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News