पानीको मुहान बचाउन वृक्षरोपण गर्नुपर्नेमा जोड



विराटनगर, भदौ २१

पानीको मुहान बचाउनुपर्ने निर्णयसहित राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको प्रदेश नं १ स्तरीय भेला आज विराटनगरमा सम्पन्न भयो ।

पानीको मुहान क्षेत्र बचाउनका लागि तीन किलोमिटर क्षेत्रमा दिगो वृक्षरोपण गर्नुपर्ने, सिँचाइ जल उपभोक्ता किसानलाई कृषि, सिँचाइ, सहकारीमा पहँुच पुर्याउँदै खाद्य सुरक्षा बढाउन उत्प्रेरित गर्नुपर्ने, सिँचाइको दिगो व्यवस्थापनमा जोड दिनुपर्ने तथा सिँचाइ सुविधालाई प्रभावकारी बनाउन जल उपभोक्ता संस्थाबीच समन्वय कायम हुनुपर्ने निर्णय भेलाले गरेको छ ।

प्रदेश नं १ स्थित १४ वटा जिल्लाका ७० जनाको सहभागिता रहेको उक्त भेलामा सहभागीले सिँचाइको सहज पहुँचका लागि वाटरपम्पलगायत आधुनिक औजारमा भन्सार दर परिमार्जन गर्नुपर्नेमा माग गर्नुभयो ।

यो प्रदेशमा जल उपभोक्ता महासङ्घका दुई हजार ८०० भन्दाबढी समिति छन् । यसअघि उक्त भेलाको उद्घाटन गर्दै प्रदेश नं १ का समाजिक विकासमन्त्री जीवन घिमिरेले समृद्धिको पहिलो आधार कृषि भएकाले यस्को उत्पादन वृद्धि गर्न आधुनिक र व्यावसायिक प्रविधिका साथै सिँचाइको समुचित प्रयोग गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घका प्रदेश अध्यक्ष सन्तोष साह, राष्ट्रिय जल उपभोक्ता सिँचाइ महासङ्घका निवर्तमान अध्यक्ष रामप्रसाद मेहता, महासङ्घकी उपाध्यक्ष गङ्गा पोखरेलले मुलुकको समृद्धिका लागि सिँचाइको पहुँच सबैतिर पुर्याउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News