अन्तर्घात गर्नेलाई कारवाही हुन्छ : नेता कोइराला



विराटनगर, भदौँ २१

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताउनुभएको छ ।

वीपी कोइरालाको १०४औँ जन्मजयन्तीका अवसरमा काङ्ग्रेस मोरङ क्षेत्र–६ द्वारा आज बिराटनगरमा आयोजित विचार गोष्ठीमा उहाँले पार्टीलाई असहयोग गर्ने नेता कार्यकर्तालाई कारवाही गर्न काङ्ग्रेसले खुट्टा नकमाउने प्रष्ट पार्नुभयो ।

तीनै तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा पराजित हुनु परेको उहाँले भन्नुभयो । केन्द्रीय सदस्य डा डिला संग्रौलाले वीपीका आदर्श र सिद्धान्तलाई सँगै लिएर अगाडि बढे काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News