मोतीराम भट्टको १५३ औं जन्मजयन्ती मनाईदै



काठमाडौं, भदौँ २४

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औं जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी आज मनाइँदै छ । १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मिएका युवाकवि भट्टको १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याए ।

नेपालमा छापाखाना भित्राएको श्रेय समेत उनले नै पाएका छन् । उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेका रामायणको पाण्डुलिपी खोजी उहाँले नै १९४१ सालमा प्रकाशन गराएका थिए । भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News