भोजपुरमा हवाइ उडान अवरुद्ध, कहिलेबाट सुचारु हुन्छ ?


 


भोजपुर, २४ भदौ

एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो ।

लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ ।

भोजपुर जिल्ला अस्पतालले मासिक १२ बिरामी अन्यत्र पठाउने गरेको जानकारी दिँदै चिकित्सक शिवजी रिजालले भन्नुभयो, “उडान बन्द हुँदा अन्यत्र पठाइनुपर्ने बिरामीलाई निकै समस्या छ, बाटोको अवस्था पनि राम्रो छैन ।

लामो समयदेखि उडान हुन नसस्दा कतिपय बिरामीले महँगो मूल्य तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् भने आर्थिक अवस्था कमजोर भएकाले भने अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । ”

जिल्लामा उडान भर्दैै आएको ट्वीनओटर बिमान मर्मत भइरहेकाले उडान सेवा बन्द गरिएको नेपाल वायु सेवा निगम भोजपुर शाखाले जनाएको छ ।

निगमको केन्द्रीय कार्यालयले जहाज मर्मत भइरहेकाले अझै करिब दुई हप्तासम्म जिल्लामा उडान नहुने जानकारी दिएको विमानस्थलका ट्राफिक कन्ट्रोलर विजय श्रेष्ठले जानकारी दिनुभयो ।

निगमले यसअघि आइतबार र सोमबार बाहेक भोजपुर–काठमाडौँ– पाँच पटक र विराटनगर–भोजपुर हप्तामा एक पटक उडान भर्दै आएको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्