गोली प्रहार गरी तरुण दल रोल्पाका नगरअध्यक्षको हत्या



रोल्पा, भदौँ २४

रोल्पाको सुलिचौरमा गोली प्रहार गरी नेपाल तरुण दल रोल्पा नगरका अध्यक्षसमेत रहेका रोहित पुनको हत्या भएको हो । सुनिल स्मृति गाउँपालिकाको सुलिचौर प्रहरी चौकी अगाडि उहाँमाथि गोली प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

छातीमा २ र बाँया कोखामा एउटा गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको हो । गोली कसले र किन हानेको हो भन्ने यकिन नभए पनि एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख दिपक खड्काले जानकारी दिनुभयो ।

हत्याबारे काँग्रेसले के भन्यो ?

नेपाली कांग्रेसले पुनको तत्कालीन नेकपा माओवादी केन्द्रका देवबहादुर घर्तीमगर नेतृत्वको समुहले हत्या गरेको आरोप लगाएको छ । आज कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सो समुहले पुनको हत्या गरेको दाबी गर्दै सो घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

हत्यारालाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै प्रहरी मुकदर्शक भएर बस्नु र तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद भएको काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News