हत्याको विरोधमा जिल्ला बन्द, जनजीवन प्रभावित


 


रोल्पा, भदौ २५
तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा आज जिल्ला बन्द गरेका छन् । बन्दका कारण बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित भएको छ ।

सभापति पुनको आइतबार राती गोली हानी हत्या भएको थियो । बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् ।

बन्दले गदौ शैक्षिक ंसंस्थाहरु पनि पूर्ण रुपमा बन्द भएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् ।

पूर्वमाओवादी कार्यकर्ताले सभापति पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ । अपराधीलाई कारवाही नहुँदासम्म आन्दोलन जारी रहने नेपाल विद्यार्थी सङ्घ रोल्पाका सचिव नारायण रेग्मीले बताउनुभयो । रासस

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्