“न्यायालय अझै पनि आम नागरिकको पहुँचभन्दा बाहिर”



झापा, भदौ २६

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको न्यायालय अझै पनि आम नागरिकको पहुँचभन्दा बाहिर रहेको बताउनुभएको छ । युथ नेटवर्क दमकले आज आयोजना गरेको ‘न्यायामा आम नागरिकको पहुँच’ विषयक अन्तक्र्रियामा उहाँले न्यायालय अहिले पनि सीमित व्यक्तिको पहुँचमा मात्र रहेकाले न्यायालयले प्रदान गर्ने सेवा सुविधामा आमूलपरिर्वतनको खाँचो रहेको बताउनुभयो ।

आम नागरिकमा अहिले पनि न्यायप्राप्तिका विषयमा ज्ञान नहुँदा सीमित सङ्ख्यामा रहेका भूमाफिया र दलालका कारण न्यायमा समेत प्रभाव पार्नसक्ने चर्चा गर्दै उहाँले न्यायलयमा पनि अझै सुधारको खाँचो रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News