भोजपुरका अमर बान्तुले “अमर भावना” लिएर आए


 


पूर्वी पहाडी जिल्ला भोजपुरको अन्नपूर्ण–दिल्पामा जन्मी–हुर्की काठमाडौँ उपत्यकालाई कर्मथलो बनाएर कविता तथा गीत साधना गरिरहेका स्रष्टा अमर बान्तुको पहिलो गीति एल्बम ‘अमर भावना’ बजारमा आएको छ ।

आकर्षक साजसज्जासहित आएको एल्बममा ‘जिन्दगीको दौडमा’, ‘फूलजस्तै’, ‘फक्रँदै रहरहरू’, ‘युगौँ भयो’, ‘हिँड्नु पर्ने’, ‘जन्मने रहर’, ‘आमा’, ‘ओठमा आई’, ‘दिल्पा दाँवा’, ‘यति धेरै’, ‘भोजपुरैको बजारमा’समेत ११ वजनदार गीतहरू समाविष्ट छन् ।

पृथक् स्वाद र बान्कीका गीतहरूले भरिएको एल्बम ‘अमर भावना’मा सङ्गीतकारहरू राजु सिंह, न्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारस मुकारुङ र मनोज थापाको सुमधुर सङ्गीत रहेको छ । एल्बममा गायक/गायिकाहरू स्वरूपराज आचार्य, उदय सोताङ, राजेश पायल राई, अन्जु पन्त, एड्रिन प्रधान, आनी छोइङ डोल्मा, राज सागर, भीषण मुकारुङ र बानिका प्रधानको स्वर सजिएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्