इलाम नगरलाई शतप्रतिशत विद्यालय भर्ना घोषणा


 


इलाम, भदौँ २७

इलाम नगरपालिकालाई जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना नगरपालिका घोषणा गरिएको छ । नगरकार्यपालिकाले यहाँको – १ देखि १२ वडाकै बालबालिका विद्यालय भर्ना भएकाले घोषणा गरेको हो ।

नगरको सबै क्षेत्रमा दलित, विपन्न तथा समुदायमा स्थलगत अनुगमन गरेर कोही पनि बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित नभएकाले शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको पाइएकाले घोषणा गरिएको नगरप्रमुख महेश बस्नेतले बताउनुभयो ।

बालबालिका विद्यालय भर्ना भएको १२ वटै वडाका वडाध्यक्षले गरेको सिफारिसको आधारमा घोषणा गरिएको हो । इलाम नगरपालिकामा ५४ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये ३१ वटा आधारभूत (१–५) कक्षा, (६–८) सम्मका १० वटा र माध्यमिक तह कक्षा (९–१०) १३ वटा रहेका छन् । यहाँका सामुदायिक विद्यालयमा पाँच हजार ३१ जना विद्यार्थी छन् ।

प्रकाशित मिति: २७ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्