सेमिफाईनलमा नेपाल मालदिभ्ससँग नेपाल ३ – ० गोलले पराजित


 


काठमाण्डौँ, भदौँ २७

बंगलादेशमा सञ्चालित साफ च्याम्पियनसिप फुटवलको सेमिफाइनलमा मालदिभ्ससँग नेपाल ३ – ० गोलले पराजित भएको छ । पराजयसँगै नेपालको फाईनल पुग्ने सपना चकनाचुर भएको छ ।

खेलको नवौँ मिनेटमै मालदिभ्सका इब्राहिम हसन वाहिदले सोझै फ्रिकिकलाई गोलमा परिणत गर्दै नेपालबिरुद्ध अग्रता लिएका थिए । खेलको ८४औँ मिनेट र ८७ औँ मिनेटमा मालदिभ्सका लागि अब्दुल्लाहले दोस्रो र तेस्रो गोल गरेपछि नेपाल पराजीत भएको हो । आजको खेलमा नेपालको डिफेन्स केही कमजोर देखिएको थियो भने टिमको कम्बिनेशन पनि राम्रो देखिएन ।

नेपालले ६७ प्रतिशत समय बल नियन्त्रणमा राखेको थियो । पास एक्युरेसीमा पनि राम्रो देखिएको नेपाली टिमले पहिलो गोल फर्काउन नसक्दा नै अन्तिम समयतिर थप गोल खान पुगेको हो ।

प्रकाशित मिति: २७ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्